३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बलात्कारी १० वर्षपछि पक्राउ 

शंकर आचार्य

पर्सा — मानसिक सन्तुलन ठीक नभएकी महिलालाई जबरजस्ती करणी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१ का ३५ वर्षीय उमाशंकर गिरी छन् । उनलाई पर्सा जिल्ला अदालतको २०७० जेठ १७ गतेको फैसलाले ५ वर्ष कैद तोकिएको छ । 

बलात्कारी १० वर्षपछि पक्राउ 

वडा प्रहरी कार्यालय विर्ता वीरगन्जबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले आइतबार बिहान ११ बजे वीरगन्ज–१ छपकैयाबाट गिरीलाई पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतमा बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

गिरीले २०६९ जेठ २ गते राति १२ बजेको समयमा वीरगन्जमा नाम ठेगाना बताउन नसक्ने मानसिक सन्तुलन ठीक नभएकी करिब २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार रहेको अभियोग थियो ।


प्रकाशित : असार ५, २०७९ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?