९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

ठाकुरलाई यादवको आग्रह- ‘फुटेर होइन‚ जुटेर अगाडि बढौं’

सन्तोष सिंह

धनुषा — जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको मत र जनमत विभाजन हुँदा मधेसी जनतालाई क्षति पुगेका कारण पार्टी एकता आवश्यक रहेको बताएका छन् । जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले जसपा पार्टी विभाजन भएर लोसपा बन्दा कसैलाई फाइदा नभई नोक्सान मधेसीकै भएको बताए ।  

ठाकुरलाई यादवको आग्रह- ‘फुटेर होइन‚ जुटेर अगाडि बढौं’

‘जनता समाजवादी र राजपा मिलेर बनेको जसपाबाट महन्थ ठाकुर नेतृत्वमा निस्केको समूहबारे समीक्षा गर्ने समय आएको छ,’ अध्यक्ष यादवले भने, ‘पार्टी छाडेर के फाइदा भयो ? नोक्सान दुवैतिर भएको छ । फाइदा त कसैलाई भएको छैन; विभाजनको औचित्य छैन । भड्काउन षड्यन्त्र भएको छ । पार्टी फुट्दा न लोसपालाई हित भयो न मधेसी जनतालाई फाइदा भयो,’ उनले भने ।

‘खुल्ला हृदयले आग्रह गर्दछु कि हिजोको समीक्षा गरेर पार्टी फुटले कसलाई फाइदा भयो ? ’ यादवले भने, ‘जब कसैको हितमा भएन भने अझै समय छ, फुटेर होइन जुटेर अगाडि बढौं । जुटेर अगाडि बढ्न लोसपाका साथीहरू आए खुल्ला हृदयले स्वागत गर्न तयार छौं ।’ पाँचदलीय गठबन्धनको माध्यमबाटै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जसपा अगाडि बढ्ने यादवले बताए ।

गठबन्धबाट कसैलाई फाइदा, कसैलाई नोक्सान भए पनि गठबन्धनको निरन्तरताको पक्षमा हामी छौं,’ उनले भने । गठबन्धनले लोकतन्त्रमाथिको संकटबाट बचाएर अगाडि बढेको उल्लेख गर्दै प्रतिनिधि सभाबाट नागरिकता ऐन पारित गरेर नागरिकताबाट वञ्चित मधेसीका सन्तानहरूलाई नागरिकता उपलब्ध गराउने यादवले प्रतिबद्धता जनाए ।

प्रकाशित : जेष्ठ २५, २०७९ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?