१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उच्च अदालत वीरगन्जका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण

भूषण यादव

वीरगन्ज — उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा कार्यरत एक न्यायाधीशसहित २३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उच्च अदालत प्रशासन शाखाका अनुसार संक्रमित हुनेमा न्यायाधीश सीताराम मण्डल, रजिष्ट्रार गजेन्द्र बहादुर सिंह, उपरजिष्ट्रार केशवप्रसाद पौडेल, ६ जना शाखा अधिकृत, ५ जना नायव सुब्बा, एक जना कम्प्युटर अपरेटर, तामेलदार, डिठ्ठा, आईटी सहायक, सवारी चालक र तीनजना कार्यालय सहयोगी रहेका छन् ।

प्रशासन शाखाले सर्वोच्च अदालतको आन्तरिक तथा जिल्ला प्रशासन शाखालाई सोमबार पत्राचार गरि न्यायाधीशसहितका २३ कर्मचारीमा कोरोना पोजिटिभ देखिएको जानकारी गराएको छ ।

शाखा अधिकृत जयनारायण रायले आइतबार र सोमबार गरिएको परीक्षणमा हालसम्म एक जना न्यायाधीशसहित २३ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको बताए ।

‘३५ जनाले पीसीआर र एन्टीजेन परीक्षण गराएका थियौं । २३ जनामा पोजिटिभ देखिएको छ । अझै ६/७ जनाको रिपोर्ट आउन बाँकी छ,’ अधिकृत रायले कान्तिपुरसित भने ।

प्रकाशित : माघ ३, २०७८ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?