जसपा प्रदेश २ अध्यक्षमा यादव- मधेस - कान्तिपुर समाचार

जसपा प्रदेश २ अध्यक्षमा यादव

कान्तिपुर संवाददाता

जनकपुर — जनता समाजवादी पार्टीको प्रदेश २ अध्यक्षमा रामबाबु यादव चयन भएका छन् । बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय संसद्‌मा निर्वाचित यादवलाई जसपाले प्रदेश २ को नेतृत्व दिएको हो । पार्टी एकीकरणपछि प्रदेश समिति समायोजन गरिएको छ । 

जसपाको प्रदेश २ उपाध्यक्षमा ५ जनालाई चयन गरिएको छ । उपाध्यक्षमा रामपृत पासवान, शम्भु झा, शेषनारायण यादव, बृजमोहन तिवारी र रामसेवक यादवलाई चयन गरिएको छ ।

यस्तै, मुख्य सचिवमा दिनेशकुमार यादव र तीनजना सचिवमा युसुफ अलि, निरा साह र शैलेशकुमार साहलाई चयन गरेको छ । यस्तै, प्रदेश समितिको कोषाध्यक्षमा रेणु यादव छानिएकी छन् ।

प्रकाशित : मंसिर १५, २०७८ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्

विदेशबाट फर्केका नेपालीबाट विमानस्थलमा थप ११ केजी सुन बरामद

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विमानस्थलबाट मंगलबार पनि ११ केजी सुन बरामद भएको छ । विदेशबाट नेपाल आएका २ सय २१ जना यात्रुबाट ११ केजी बराबर सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

बरामद गरिएकोमध्ये मंगलबार नै एक सय ४७ जना यात्रुले भन्सार महसुल बुझाई ६ केजी ९८२ ग्राम सुन फिर्ता लगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए ।

यसवापत भन्सार कार्यालयले ६७ लाख ३० हजार ९ सय १२ रुपैयाँ राजस्व संकलन गरेको उनले बताए । ‘बाँकी करिब ४ केजी सुन भन्सारकै लकरमा हिजो डिपोजिट भएको छ,’ उनले भने, ‘सोमबारभन्दा मंगलबार सुन ल्याउने यात्रु कम पाइएको छ ।’

सोमबार पनि विदेशबाट नेपाल आएका ४ सय १५ जना यात्रुबाट २१ केजी बराबर सुन बरामद गरिएको थियो । उनीहरुले प्रतिव्यक्ति ५०– ६० ग्रामसम्म सुन ल्याएका थिए । पछिल्लो समय विदेसिएकाले फर्कंदा ल्याउने सामानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कडा निगरानी गर्न थालेको भट्टराईले बताए ।

यो पनि - विदेशबाट आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन ?


प्रकाशित : मंसिर १५, २०७८ १६:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×