सुनसरीमा भिनाजुद्वारा गोली हानी सालीको हत्या

असार ३०, २०८२

पर्वत पाेर्तेल

Brother-in-law shot dead by brother in Sunsari

विराटनगर — सुनसरीको हरिनगर गाउँपालिका-६ घुस्कीमा भिनाजुद्वारा सालीलाई गोली प्रहार गरि हत्या गरेका छन् । राती करिब १ बजे १८ वर्षीया किशोरी अर्सी खातुनको गोली प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार  किशोरीको हत्या उनकै भिनाजु, भारत बिहारस्थित पत्राहा पञ्चायत-१६ घुर्नाका २९ वर्षीय आजात मिँया जटले गरेका हुन् । गोली टाउकोमा लागेका कारण घटनास्थलमै अर्सीको ज्यान गएको थियो। हत्या पछि आजात मिया फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल भारतको सीमासँग अति नजिक रहेकाले यो घटनाले सीमापार अपराध नियन्त्रणमा रहेको कमजोरीलाई पुनः उजागर गरेको छ । सुरक्षाको दृष्टिकोणले यस क्षेत्र सदैव संवेदनशील मानिँदै आएको हो । तर यस्ता घटना बढ्नुले सीमा सुरक्षामा थप सतर्कता जरुरी देखिएको छ ।

हत्या पारिवारिक नातामा संलग्न व्यक्तिबाट भएकाले  परिवारभित्रको आन्तरिक समस्या र सम्बन्धका कारण भएको हुन सक्ने प्रहरी आशंका छ। 

'हत्याको वास्तविक कारण भने अहिलेसम्म खुलेको छैन', सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले भने,'अनुसन्धान तीव्र पारेका छौं, अभियुक्तको खोजीका लागि भारतीय सुरक्षा निकायसँग पनि समन्वय गरिरहेका छौं।'

अभियुक्तको भारतमा समेत हत्या, अपहरण, चोरी र डकैती लगायतका दर्जनौ मुद्दा छ । उनी भारतमा अपराध गरेर नेपाल पस्ने र नेपालमा अपराध गरेर भारत पस्ने गर्दै आएको प्रहरी अनुसन्धानवाट खुलेको छ।

पर्वत

Link copied successfully