कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

संखुवासभामा जुवातास खेल्ने ७ पक्राउ

कान्तिपुर संवाददाता

संखुवासभा — जिल्ला प्रहरी कार्यालय संखुवासभाले जुवा तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

संखुवासभामा जुवातास खेल्ने ७ पक्राउ

ईलाका प्रहरी कार्यालय चैनपुरले सोमबार मध्यरातमा जुवातास खेलिरहेका चैनपुर नगरपालिका-३ तीनखोप्रेका प्रेमबहादुर कटुवाल, रिन्जेवांदी शेर्पा, भरत खत्री, रवीन कटुवाल, सुरेन्द्र खत्री सूर्यकिरण भण्डारी र मोहनकुमार अधिकारीलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक घनश्याम श्रेष्ठले बताए । उनीहरुको साथबाट ३८ हजार ३ सय ३५ रुपैयाँ नगद पनि बरामद गरिएको छ ।

प्रनााउ श्रेष्ठका अनुसार खाँदबारी नगरपालिका ४ मा डाईस पक्राउ गर्न खोज्दा प्रहरीमाथि हातपात गर्ने ४ जना पनि पक्राउ परेका छन् । प्रहरीको मोटरसाईकल तोडफोड र प्रहरीमाथि हातपात गरेपछि उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा भीमबहादुर राई, खेदरकुमार राई, ईश्वर मंग्रान्ती र गर्बुराम राई रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २८, २०८० १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?