कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सिक्किम बाढीमा  हराएका ५ नेपाली श्रमिकको खोजीका लागि पत्राचार

१० जना बेपत्ता भएको भन्ने खबर सही हैन : प्रजिअ पोखरेल
पर्वत पोर्तेल

झापा — सिक्किम बाढीमा हराएका इलामका केही श्रमिकमध्ये पाँच श्रमिक खोजीका लागि प्रशासनले पहल सुरु गरेको छ । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सिक्किम पहिरोमा हराएकामध्ये पाँच जनाको मात्रै पहिचान भई खोजबिनका लागि सिक्किम सरकारसँग समन्वय भइरहेको जनाएका छन् । 

सिक्किम बाढीमा  हराएका ५ नेपाली श्रमिकको खोजीका लागि पत्राचार

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार ४० वर्षीय सेनबहादुर कार्की, ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, ९ वर्षीया खुसी बस्नेत र २८ वर्षीय कुमार खड्का छन् । उनीहरु सबै इलाम ९ गोलखर्कका हुन् ।

एकै गाउँका उनीहरु केही समयअघि उत्तरी सिक्किमको लाचेन भन्ने ठाउँमा निर्माण श्रमिकका रुपमा गएका थिए । ‘१० जना बेपत्ता भएको भन्ने हल्लामात्रै हो’, प्रजिअ पोखरेलले भने, ‘५ जना हराएको जानकारी प्राप्त छ । त्यसमध्ये दुई जनाका परिवारमात्रै सम्पर्कमा आएका छन् ।’

प्रजिअ पोखरेलले नेपाली नागरिक खोजीका लागि भारतीय सीमा सुरक्षा बलमार्फत सिक्किम सरकारलाई नामावलीसहित पत्राचार गरिएको छ । एसएसबीले उद्धारका आश्वासन दिएको प्रजिअ पोखरेलले बताए ।

एक साताअघि हिमताल विस्फोटका कारण सिक्किममा ठूलो बाढी गएको थियो । त्यही बेलादेखि उनीहरु बेपत्ता भए पनि नेपालीहरु कार्यरत रहेको क्षेत्रमा बाढीले खासै क्षति नपुर्‍याएकाले उनीहरु कसरी बेपत्ता भए भन्नेबारे सिक्किम सरकारले खोजबिन गरिरहेको जनाइएको छ ।

असोज १७ गते बिहान साढे १ बजेतिर उत्तरी सिक्किमको ल्योनाक हिमताल विस्फोटपछि टिष्टामा आएको बाढीका कारण ५५ जनाको मृत्यु हुनुका साथै भारतीय सैनिकसहित १ सय ४१ जना बेपत्ता छन् । बाढीका कारण अर्बौं रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।


प्रकाशित : आश्विन २३, २०८० १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?