कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

लालबहादुरको मुद्दा ‘नियमअनुसार पेस गर्न’ आदेश

तरहरास्थित सिंहदेवी ज्वेलर्समा दैनिक १ हजार ज्यालामा काम गर्ने लालबहादुरलाई सुनसरी जिल्ला अदालतले ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो असुली, जरिवाना र डेढ वर्ष कैद तोकेको छ ।

विराटनगर — अवैध बैंक तथा वित्तीय संस्था सञ्चालन कसुरमा जेल सजाय तोकिएका लालबहादुर विश्वकर्मासहितका प्रतिवादीलाई उच्च अदालत विराटनगरले ‘नियमअनुसार मुद्दा पेस गर्न’ आदेश दिएको छ । 

लालबहादुरको मुद्दा ‘नियमअनुसार पेस गर्न’ आदेश

जिल्ला अदालत सुनसरीको निर्णयविरुद्ध गरिएको पुनरावेदनमा उच्च अदालतका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार उक्त आदेश दिएको हो ।

उच्च अदालतको आदेशमा ‘सुनसरी जिल्ला अदालतबाट भएको फैसला कानुनको रोहमा फरक पर्न सक्ने देखिँदा विपक्षी नेपाल सरकार पक्षलाई जानकारी दिई नियमअनुसार पेस गर्न’ भनिएको छ । सुनसरी जिल्ला अदालतकी न्यायाधीश निर्मला योङ्याको एकल इजलासले २०७८ पुस १९ मा अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरी ठगी गरेको अभियोगमा सबैलाई थुनामा राख्ने आदेश दिएको थियो ।

इटहरी–१९ तरहरा फूलबारी चोक निवासी गोपाल नामले चिनिने विश्वकर्मा इटहरी–२० तरहरामा २०७२ देखि सञ्चालित सिंहदेवी ज्वेलर्सका ज्यालादारी कामदार थिए । तरहरा बजारका कृष्ण विश्वकर्मा, दीपक गजमेर, कमल गजमेर र सीता विकले सञ्चालन गरेको ज्वेलर्सबाट लालबहादुरले दैनिक एक हजार ज्याला पाउँथे ।

त्यही ज्यालाले उनले ६ जनाको परिवारको गुजारा चलाउँथे । दीपक, कमल र सीता कृष्णका छोरा र छोरी हुन् । लालबहादुरलाई कृष्णले सिंहदेवी ज्वेलर्सको पासबुकमा हस्ताक्षर गर्ने र रकम संकलनको जिम्मेवारी दिएका थिए । त्यही हस्ताक्षरकै कारण जिल्ला अदालतले लालबहादुरलाई दोषी ठहर गरेको थियो ।

लालबहादुरलाई सुनसरी जिल्ला अदालतले ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो असुली, जरिवाना र डेढ वर्ष कैद तोकेको थियो । उनी एक महिनादेखि सुनसरीको झुम्का कारागारमा छन् ।

सम्बन्धित समाचार

प्रकाशित : पुस २८, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?