कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

प्रदेश १ एमाले संसदीय दलको नेतामा कार्की सर्वसम्मत

देवनारायण साह

मोरङ — प्रदेश १ का सबभन्दा ठूलो दल एमालेको संसदीय दलको नेतामा झापा ५ (१) बाट दोस्रो पटक निर्वाचित पार्टीका स्थायी कमिटी सदस्य हिक्मत कार्की सर्वसम्मत चयन भएका छन् । 

प्रदेश १ एमाले संसदीय दलको नेतामा कार्की सर्वसम्मत

प्रदेशसभा सचिवालयस्थित दलको सभाहलमा आइतबार बसेको बैठकले पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीलाई दलको नेतामा चयन गरेको हो । एमालेका प्रदेश १ इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य देवराज घिमिरे, पार्टीका प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेलगायत प्रदेश कमिटी तथा केन्द्रीय कमिटी सदस्य र प्रदेश सांसदको उपस्थितिमा उनलाई दलको नेता चयन गरेको छ ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० जना प्रदेश सांसद छन् । जसमा कार्कीसहित ७ जना प्रदेश सांसद दोस्रो पटक निर्वाचित भएर आएका छन् । संविधानसभा सदस्य रेवतीरमण भण्डारी र पाँचकर्ण राई र पूर्वसांसद तीलकुमार मेन्याङ्बो प्रदेशसभा सांसदमा निर्वाचित भएर आएका हुन् ।

एमालेले निर्वाचनमा तालमेल गरेका राप्रपा र जनता समाजवादी पार्टीसँग सरकार गठनका लागि तालमेलको प्रयास गरिरहेको छ । राप्रपाको ६ र जनता समाजवादीको १ जना प्रदेश सांसद रहेका छन् । सरकार गठनका लागि ४७ प्रदेश सांसद आवश्यक हुन्छ । यो दबै दलको साथ पाए कार्की मुख्यमन्त्री बन्ने देखिएका छन् ।

प्रकाशित : पुस १०, २०७९ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?