१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

गाँजाबारेको छलफलमा सहभागी प्रहरीलाई कारबाही

कान्तिपुर संवाददाता

धनकुटा — प्रतिबन्धित लागूऔषध गाँजाका विषयमा आयोजित कार्यक्रममा अतिथि बनेका नेपाल प्रहरीका दुई अधिकृतलाई विभागीय कारबाही थालिएको छ ।

गाँजाबारेको छलफलमा सहभागी प्रहरीलाई कारबाही

सहिदभूमि–२ अखुवाटारमा गत आइतबारदेखि मंगलबारसम्म आयोजित ‘गाँजाबारे बृहत् छलफल र सचेतना मेला’ उद्घाटन कार्यक्रमका अतिथि इलाका प्रशासन कार्यालय छिन्ताङका इन्चार्ज प्रहरी निरीक्षक काजीबहादुर बस्नेत र प्रहरी चौकी त्रिवेणीका इन्चार्ज सहायक निरीक्षक कुमार कटुवाल जिल्ला तानिएका हुन् ।

दुवैलाई विभागीय कारबाहीका लागि तानिएको कार्यालयका निमित्त प्रवक्ता इन्स्पेक्टर काशीनाथ रेग्मीले बताए । मुलुकमा गाँजा प्रतिबन्धित छ । तर, वैधानिक अभियान बनाउने अभियानका केन्द्रीय सल्लाहकार राजीव काफ्लेले गाँजाकै बिरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : चैत्र २६, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?