कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रदेश १ का तीन स्थानीय तहलाई १५ थान ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान

लक्ष्मी गौतम

पाँचथर — पाँचथर‚ ताप्लेजुङ र तेह्रथुम जिल्लाका स्वास्थ्य संस्थालाई हङकङमा रहेका भूतपूर्व सैनिकहरूको संस्था एक्स गोर्खाज सर्भिसेज एसोसिएसनले १५ वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।

प्रदेश १ का तीन स्थानीय तहलाई १५ थान ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान

एसोसिएसनले गैरआवासीय नेपाली संघ (एनआरएन) मार्फत पाँचथर जिल्लाका लागि ११ तथा ताप्लेजुङ र तेह्रथुमका लागि २–२थान अक्सिजन कन्स्ट्रेटर उपलब्ध गराएको हो ।

कन्सन्ट्रेटरको वितरण सोमबारदेखि नै सुरु गरिएको पाँचथरका सामाजिक अभियन्ता तेजकुमार कुरुम्वाङले बताए । उनका अनुसार पाँचथर सदरमुकाम फिदिममा सञ्चालित स्वास्थ्य संस्थाका लागि ४ र बाँकी ७ वटा स्थानीय तहका लागि १-१ थान अक्सिजन कन्स्ट्रेटर उपलब्ध भएका छन् । ती सामग्रीको वितरण सोमबारबाटै सुरु गरिएको कुरुम्वाङले बताए ।

पाँचथरको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकालाई सोमबार नै सामग्री उपलब्ध गराइएको छ ।

प्रकाशित : माघ ३, २०७८ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?