२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

धनकुटा नगरपालिकाका पूर्वमेयरको निधन

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा नगरपालिकाका पूर्वमेयर वाङ्दी लामाको शुक्रबार निधन भएको छ । लामाको काठमाडौंको टिचिङ अस्पतालमा ६८ वर्षको उमेरमा बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

धनकुटा नगरपालिकाका पूर्वमेयरको निधन

लामाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको उनकी छोरी लक्की (सोनाम)ले जानकारी दिइन् । केही समयअघि कोरोना भाइरस संक्रमणसँगै निमोनिया भएर अस्पताल भर्ना गरिएका लामाको उपचारका क्रममा निधन भएको हो ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा लामा धनकुटा नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

लामो समय वामपन्थी राजनीतिमा सक्रिय उनी पछिल्लो समय एकीकृत समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्यसमेत रहेको पार्टी स्रोतले जनाएको छ । स्व लामाका श्रीमती छुरेन लामासहित दुई छोरी र एक छोरा छन् ।

प्रकाशित : कार्तिक १२, २०७८ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?