कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

मोरङको रंगेलीमा चट्याङ लागेर एकको मृत्यु, ४ घाइते

मोरङ‍ — रंगेली ननगरपालिका-६ मा बुधबार चटयाङ लागेर एक जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् । स्थानीय २० वर्षीय नितेश रायको मृत्यु भएको हो ।

मलंगथानस्थित पिठारीको रुखमुनि छहारीमा बसिरहेको अवस्थामा अचानक चट्याङ परेर घाइते रायलाई उपचारका लागि रंगेली अस्पताल लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

उनीसँगै रुखमुनि बसेका स्थानीय ४५ वर्षीय अशोक मण्डल, १७ वर्षीय विजय मण्डल, २२ वर्षीया संगिता राय, र २७ वर्षीय रविन मण्डल घाइते भएको राईले बताए । घाइतेहरुको रंगेली अस्पतालमा उपचार भइरहेको उनले बताए ।

यस्तै, विराटनगर १५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने क्रममा करेन्ट लागेर बुधबार एक जना भारतीय मजदुरको मृत्यु भएको छ । भारतको जोगबनी हाजिमोहल्ला घर भइ हाल विराटनगर १७ रानीमा डेरा गरी बस्दै आएका २५ वर्षीय तावारुल आलमको मृत्यु भएको हो । मन्दिरमा छड बाँध्नका लागि तार काट्ने क्रममा तार काटने मेसिनबाट करेन्ट लागेर घाइते उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको डीएसपी राईले बताए ।

प्रकाशित : असार ९, २०७८ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?