कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

कतारमा कार्यरत युवाबाट खाद्यान्‍न सहयोग 

चैत्र १७, २०७६

काठमाडौँ — वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत युवाले आफ्‍नो स्थानीय तहका गरिब तथा विपन्‍नहरुलाई सहयोग गरेका छन् । लकडाउनको समयमा दैनिक ज्यालामजदुरी गर्नेहरुलाई उनले सहयोग गरेका हुन् । 

मोरङको उर्लावारी-७ घर भइ हाल कतारमा कार्यरत नविन पौडेलले नगरपालिका मार्फत् विपन्‍नहरुलाई ५० कार्टुन चाउचाउ सहयोग गरेका हुन् ।


लकडाउनको समयमा नगर क्षेत्रका विपन्‍न समुदायलाई दिउँसोको खाजाका लागि ५० परिवारलाई उक्त सहयोग गरेको उनले बताए । यसअघि पनि उनले महाभूकम्पका बेला देशका विभिन्‍न स्थानहरुमा सहयोग गरेका थिए ।


आफू विदेशमा परिश्रम गरेपनि नेपालमा विपद् पर्दा सबैले सहयोगी हातहरु अघि बढाउनुपर्ने बताउँदै उनले सहयोगका लागि आह्वन गरेका छन् ।

प्रकाशित : चैत्र १७, २०७६ ०९:५९
x
×