तमोर करिडोरमा कार्यरत ४५ मजदुर अलपत्र

रमेशचन्द्र अधिकारी

धनकुटा — तमोर करिडोरको धनकुटा खण्डमा कार्यरत मजदुर दुई दिनदेखि अपलत्र परेका छन् । कोभिड–१९ रोकथामका लागि देशभर लकडाउन गरिएपछि तमोर करिडोरको मुलघाटदेखि पाँचथरको नावा खोलासम्म कार्यरत ४५ जना मजदुर कार्यरत अवस्थामा अपलत्र परेका हुन् ।

दुई दिनदेखि काम रोकिएपछि उनीहरु अलपत्र परेको सुपरभाइजर रोशन भण्डारीले बताए। उक्त खण्डमा रौता कन्ट्रक्सन प्रालि काम गर्दै आएको छ। काम नभएको अवस्थामा रासन समेत सकिएर भोकै बस्नुपर्ने अवस्था आएको मजदुरहरूले बताएका छन्। भण्डारीले गाउँमा खाना समेत पाइन छोडेको बताए। दुई दिनसम्म अलपत्र पर्दा खर्च सकिँदै गएपछि मजदुर बिचल्लीमा परेको बताइएको छ।


मजदुरलाई खाद्यान्न उपलब्ध गराउन प्रयासरत रहने प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताए। उनले ठेकेदार कम्पनीले पछि मजदुरको तलबबाट तिर्नेगरी खाद्यान्न उपलब्ध गराइने बताए।


घरभाडा नलिन वाणिज्य संघको आग्रह


कोभिड–१९ नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको अवधिभर धनकुटाका घरधनीले डेराभाडा नलिन उद्योग वाणिज्य संघ धनकुटाले जिल्लावासीलाई अपिल गरेको छ।


बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै वाणिज्य संघले उक्त आग्रह गरेको हो। लकडाउनको अवधिमा व्यापार व्यवसाय ठप्प रहने भएकोले घरभाडा नलिई सहयोग गर्न घरधनी समक्ष आग्रह गरिएको वाणिज्य संघका जिल्ला अध्यक्ष विजयसन्तोषी राईले बताए।


यसैगरी लकडाउन अवधिको ऋणीहरुबाट ब्याज समेत मिनाहा गर्न संघले उल्लेख गरेको छ। विषम परिस्थितिमा सबैले साथ सहयोग गर्न समेत वाणिज्य संघका अध्यक्ष राई र वरिष्ठ उपाध्यक्ष तारा तितुङले संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। प्रकाशित : चैत्र १३, २०७६ १९:२१

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हात्तीको आक्रमणबाट दम्पती घाइते

राजकुमार कार्की

सिन्धुली — दुधौली नगरपालिका–२ गिचिहानीमा बिहीबार बिहान जंगली हात्तीको आक्रमणबाट दम्पती घाइते भएका छन् । घरमा आएका दुइटा जंगली हात्तीले आक्रमण गर्दा गिचिहानीका ४५ वर्षीय देबु धामी र उनकी ४८ वर्षीया श्रीमती फुलवती घाइते भएका वडासचिव हेरम्बराज अधिकारीले जानकारी दिए । 

घरमा आएको हात्ती धपाउन खोज्दा सुडले बेरेर फाल्दा घाइते भएका श्रीमान्‌को अवस्था जटिल छ । उनको खुट्टा र टाउकोमा चोट लागेको छ । घाइते दुवैको आमा मेमोरियल अस्पताल डकाहामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १३, २०७६ १९:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×