२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

पहिलो बैठकका नायक सरावगी

विराटनगर — झापाको भद्रपुर ५ का ७३ वर्षीय ओमप्रकाश सरावगी प्रदेश १ का ९३ प्रदेशसभा सदस्यमध्ये सबैभन्दा ज्येष्ठ हुन् । त्यही नाताले उनले माघ ७ मा ९२ सदस्यलाई शपथग्रहण गराए । सोमबार (आज) हुने पहिलो बैठकका प्रमुख नायक पनि उनै हुन् ।

आइतबार दौरा–सुरुवाल लगाएका मर्यादापालकको अघिअघि प्रदेशसभा हलमा प्रवेश गरे । केही प्रदेशसभा सदस्य, प्रदेशका प्रमुख सचिव, सञ्चारकर्मी हलमा थिए । सरासर उनी रोस्ट्रममा

पुगे । त्यहाँ रहेका मर्यादापालकले सभामुख बस्ने कुर्सी पछिल्तिर ताने । त्यसपछि उनी बसे ।

बस्नासाथ उनले बैठक प्रारम्भ भएको घोषणा गरे । लगत्तै प्रदेश प्रमुखले पठाएको पत्र वाचन गरे । त्यसपछि बैठकको अन्य नियमित कार्य अघि बढाए । करिब २० मिनेट भएको पूर्वाअभ्यासमा निकै प्रभावकारी भूमिका निर्वाह गरेको प्रतिक्रिया आयो ।


व्यापार–व्यवसायमा व्यस्त रहने मारवाडी समुदायका सरावगी २०२१ सालदेखि राजनीतिमा लागेका हुन् । उनी भद्रपुरका पुराना व्यवसायी र राजनीतिकर्मीका रूपमा चिनिन्छन् । भद्रपुरको वडा २ का अध्यक्ष हुँदै २०१९ मा भद्रपुर नगर पञ्चायतको प्रधानपञ्चमा निर्विरोध निर्वाचित भएका थिए । २०३८ र २०४२ मा उनी २ कार्यकाल प्रधानपञ्चमा निर्वाचित भएका थिए । २०४६ सालमा कांग्रेस प्रवेश गरेका सरावगी अहिले झापा कांग्रेसका महासमिति सदस्य हुन् ।

प्रकाशित : माघ २२, २०७४ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?