अब कांग्रेसका नेताबाटै सम्पत्ति छानबिन सुरु हुन्छ : सभापति थापा

‘सबैभन्दा पहिला शेरबहादुर देउवा, मेरै र प्रत्येक पटक प्रधानमन्त्री एवं मन्त्री भएका व्यक्तिको सम्पत्ति छानबिन हुने छ,’ थापाले भने ।

फाल्गुन १५, २०८२

प्रदीप पन्त

Now the investigation into assets will start with the Congress leaders themselves: President Thapa

बागलुङ — कांग्रेस सभापति गगन थापाले ०४६ सालपछि बनेका प्रधानमन्त्री र मन्त्रीका सम्पत्ति छानिबन हुने बताएका छन् ।कांग्रेस बागलुङ क्षेत्र नम्बर-१ ले सदरमुकाममा शुक्रबार आयोजना गरेको चुनावी सभामा सभापति थापाले कांग्रेसकै नेताबाट सम्पत्ति छानबिन थालिने बताएका हुन् ।

‘सबैभन्दा पहिला शेरबहादुर देउवा, मेरै र प्रत्येक पटक प्रधानमन्त्री एवं मन्त्री भएका व्यक्तिको सम्पत्ति छानबिन हुने छ,’ थापाले भने । पाँच वर्षे अविधका एक/एक दिन सदुयोग हुने पनि उनले बताए । ‘संकल्प गरेका प्रस्तावअनुसार काम पूरा गर्न कांग्रेस दृढ छ,’ उनले भने, ‘देश बनाउने अठोटका साथ जनतामाझ कांग्रेस आएको छ ।’ उनले कांग्रेस कर्म र संकल्पसहित अगाडि बढेको बताए ।

Now the investigation into assets will start with the Congress leaders themselves: President Thapa

'संकल्पपत्रका लेखिएका कुरा गर्नको लागि संविधान संशोधन गर्नुपर्छ, त्यसका लागि सबै दलहरूको सहकार्य आवश्यक छ,' सभापति थापाले भने । 

सामाजिक सञ्जालबाट पोस्ट गर्नुभन्दा मतदाताको घर र कोठामा गएर भोट माग्नु अर्थपूर्ण हुने उनको भनाइ छ । दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा कांग्रेसबाट क्षेत्र नम्बर-१ मा भीम श्रीष र क्षेत्र नम्बर-२ बाट टेकराज पौडल उम्मेदवार रहेका छन् । 

प्रदीप

Link copied successfully