नाउपा नेपाल र प्रलोपाबीच बर्दिया–बाँकेमा चुनावी तालमेल

बर्दियामा प्रलोपाले नाउपा नेपाललाई समर्थन गरेको छ भने बाँकेमा नाउपा नेपालले प्रलोपालाई समर्थन गरेको छ ।

फाल्गुन १०, २०८२

रामप्रसाद चौहान 

Naupa Nepal and Pralopa reach electoral alliance in Bardiya-Banke

बर्दिया — नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच बर्दिया र बाँकेमा चुनावी तालमेल भएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि दुई पार्टीले एकअर्कालाई सघाउने गरी बर्दियाका दुवै र बाँके निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी तालमेल गरिएको हो । 

बर्दियामा प्रलोपाले नाउपा नेपाललाई समर्थन गरेको छ भने बाँकेमा नाउपा नेपालले प्रलोपालाई समर्थन गरेको छ ।

बाँके–१ मा प्रलोपाकी प्रत्यक्ष उम्मेदवार कृष्ण केसीलाई नाउपा नेपालले सघाउने नाउपाका संरक्षक रेशमकुमार चौधरीले बताएका छन् । ‘त्यस वापत प्रलोपाले नाउपाको सामानुपातिक उम्मेदवारलाई सघाउने सहमति भएको छ,’ उनले भने,‘नाउपा नेपालबाट बर्दिया–१ का उम्मेदवार पूर्वमन्त्री अब्दुल खान र २ का उम्मेदवार खुसीराम थारुलाई प्रलोपाले सघाउने सहमति भएको छ ।’

बर्दियाको दुवै निर्वाचन क्षेत्रमा नाउपा नेपाललाई सघाउने सहमति भएको प्रलोपा बर्दियाका प्रमुख गेहेन्द्र प्रसाद ढकालले बताए । प्रलोपाबाट बर्दिया–१ मा राजु रानाभाट र क्षेत्र नम्बर २ मा नेत्रराज आचार्यले उम्मेदवारी दर्ता गराएर फिर्ता लिएका थिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully