राई धनकुटाबाट तीन पटक चुनाव लडिसकेका नेता हुन्। उनले यसअघि ०७४ र ०७९ को निर्वाचन यहाँबाट जितेका थिए।
What you should know
धनकुटा — प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटाबाट राजेन्द्रकुमार राई चौँथोपटक उम्मेदवार बनेका छन्। एमाले जिल्ला कमिटीबाट एकल सिफारिस भएका राईलाई शनिबार पार्टीको केन्द्रीय सचिवालय बैठकले टिकट दिएको हो।
धनकुटाबाट उनको नाममात्रै सिफारिस भएपनि प्रदेश कमिटीबाट टीकाराम चेम्जोङ र शकुन्तला बस्नेतको नाम थपिएपछि विवाद समेत भएको थियो। तर केन्द्रीय सचिवालय बैठकले शनिवार राइको नाममा टुंगो गरेको हो । यसअघि धनकुटाबाट तीन पटक चुनाव लडिसकेका नेता हुन्। उनले यसअघि ०७४ र ०७९ को निर्वाचन यहाँबाट जितेका हुन्।
२०२२ सालमा धनकुटाको तत्कालिन मुगा गाविसमा जन्मिएका राई २०३६ सालमा काठमाडौँमा भएको अनेरास्ववियूको पाँचौं राष्ट्रिय सम्मेलनमा सबैभन्दा कान्छो प्रतिनिधि थिए । त्यसबेला उनी कक्षा ८ मा पढ्थे ।
त्यसको ११ वर्ष पछि अर्थात् २०४७ सालमा अनेरास्ववियूको धनकुटा अध्यक्ष भए । एमालेका तर्फबाट २०४९ मा तत्कालिन जिविस सदस्य बनेका उनी २०५४ मा जिविस उपसभापति भए । २०६४ पछि तीन पटक गरी करिब १३ वर्ष जिल्ला अध्यक्ष भएर काम गरे । २०७५ जेठमा माओवादीसँगको एकता पछि पनि राजेन्द्रनै पार्टी अध्यक्ष थिए ।
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका राई तत्कालिन राप्रपाका उम्मेदवार सुनिलबहादुर थापासाग पराजित भएका थिए । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा अहिले नेपाली कााग्रेसको तर्फबाट कोशी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएका छन् ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा सुनिलबहादुर थापासाग राजेन्द्र कुमार राई ४ सय ५४ मतले पराजित भएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने राईले थापालाई बामगठबन्धनको बलमा १० हजार ४ सय ५९ मतान्तरले हराए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा फेरि नेपाली काँग्रेस गठबन्धनबाट सुनिलबहादुर थापा र एमालेबाट राजेन्द्रकुमार राईनै प्रतिस्पर्धीको रुपमा लडे । यो पटक पनि राईले थापालाई १ हजार ३ सय ९७ मतले हराए ।
२०७९ सालमा गरिबी निवारण मन्त्री बनेका राईले २०८० फागुनमा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए । २०७८ मंसिरमा सम्पन्न एमालेको दशौं महाधिबेशनबाट पहिलोपटक केन्द्रय सदस्यमा निर्वाचित भएका उनी मंसिरमा भएको एमालेको ११ औं महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा दोहोरिएका छन् ।
