नेतृत्वमाथि प्रश्न गर्दै सुमना श्रेष्ठले छाडिन् रास्वपा

भाद्र २९, २०८२

काठमाडौं  — पूर्व शिक्षामन्त्री तथा रास्वपा नेता सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेको घोषणा गरेकी छन् ।

यसबारे उनले सामाजिक सञ्जालमा भरखरै जानकारी गराएकी छन् ।

'कहिलै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने,' उनले लेखेकी छन् ।

जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेला देखि नै आलोचना गर्दै आएको उनको भनाइ छ । 'अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला,' उनले भनेकी छन्, 'कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको बेहोराले हो । त्यो किन बोकेर बस्नुहुन्छ ? अहिले सही समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।'

Link copied successfully