गोरखा — देशभरको असामान्य परिस्थितिलाई ध्यानमा राख्दै गोरखामा बिहीबार पनि कर्फ्यू जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय गोरखाले बिहीबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म कुनै पनि सभा, सम्मेलन तथा जुलुस नगर्न आग्रह गरेको छ। पाँच जनाभन्दा बढीको संख्यामा व्यक्तिहरू भेला हुने गरी कुनै पनि गतिविधि नगर्न तथा नगर्न दिन, शान्ति–सुरक्षामा खलल पुग्ने खालका कुनै पनि क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू जारी गरिएको थियो।
