बिहान उनीहरुले धुम्बाराहीमा नेपालको झन्डा बोकेर स्केट र्याली निकालेका थिए । सन् २००३ देखि स्केटबोर्डिङको प्रवर्द्धनका लागि यो दिवस मनाउन थालिएको हो ।
काठमाडौँ — पांग्राको आवाज, ताली र संगीत । थापाथलीस्थित बागमती नदी किनारको एक स्थानमा फरक दृश्य देखिन्थ्यो । उनीहरु अधुरो स्तम्भ बनाएको एक स्थानमा ओछ्याएको मार्बलमा स्केटबोर्डमा खेलिरहेका थिए । शनिबार उनीहरुले यसैगरी अन्तर्राष्ट्रिय गो स्केटबोर्डिङ दिवस मनाए । बिहान उनीहरुले धुम्बाराहीमा नेपालको झन्डा बोकेर स्केट र्याली निकालेका थिए । सन् २००३ देखि स्केटबोर्डिङको प्रवर्द्धनका लागि यो दिवस मनाउन थालिएको हो । स्केटर्स नेपालका संस्थापक विक्रम रेग्मीले पछिल्ला वर्षहरुमा स्केट बोर्डिङ नेपालमा प्रख्यात बन्दै गएको बताए । उनले १९८० को दशमा स्केट बोर्डिङ सुरु गर्दा थोरै स्केटर्सरमात्रै थिए । स्केटपार्कजस्ता पूर्वाधार थिएनन् । अमेरिकामा अध्ययन गर्दाका वर्षहरुमा उनले धेरै स्केट पार्कहरु देखे । सन् २०२१ मा उनले नेपाल फर्किएपछि युवा स्केटरहरुलाई लक्षित गरेर आफ्नै स्केटपार्क सञ्चालनमा ल्याए । ‘हामीसँग यहाँ प्रतिभा छन् । तर अवसर र स्रोतको कमी छ’ रेग्मीले भने ।
![Skaters gather on the banks of the Bagmati River [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/sket-4-2362026025900-1000x0.jpg&w=1001&h=0)