थापाथलीबाट उठाइएका सुकुमवासीलाई प्रशासनले विवरण संकलनका लागि दशरथ रंगशालामा राख्ने तयारी गरेको छ ।
काठमाडौँ — सरकारले काठमाडौंको थापाथलीस्थित बागमती किनार, गैरीगाउँ र मनोहरा किनारका सुकुमवासी बस्ती खाली गराइरहेको छ । पूर्वसूचना अनुसार नै बस्ती खाली गराउन शनिबार बिहानैदेखि बस्तीमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । हामीले थापाथली सुकुमवासी बस्तीको ड्रोन तस्बिर लिएका छौं ।
सडक विभागका दुई एक्स्काभेटरसहित ५ उपकरणले बस्ती भत्काइरहेको छन्। बाहिर २ वटा लोडर स्ट्यान्डबाई रहेका छन्। केही डोजर थप गरिएको छ ।
![Slum dwellers after the bulldozer [Drone photo]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/thapathali-sukumbasi-4-2542026080219-1000x0.jpg&w=1001&h=0)
![Slum dwellers after the bulldozer [Drone photo]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/thapathali-sukumbasi-5-2542026080223-1000x0.jpg&w=1001&h=0)