मध्यपुर थिमीको बालकुमारी मन्दिर प्राङ्गणबाट आज बिहान सुरु भएको जात्रामा स्थानीय जात्रालूहरु एकले अर्कालाई सिन्दुर दलेर जात्रा मनाएका थिए ।
काठमाडौँ — भक्तपुरको मध्यपुर थिमीमा आज विस्का जात्रा मनाइएको छ। यसलाई स्विनिखः (बतीस खटको) जात्रा पनि पनि भनिन्छ । मध्यपुर थिमीको बालकुमारी मन्दिर प्राङ्गणबाट आज बिहान सुरु भएको जात्रामा स्थानीय जात्रालूहरु एकले अर्कालाई सिन्दुर दलेर जात्रा मनाएका थिए ।
कुनै समय ३२ खटको सहभागिता हुने भएकाले यसलाई बतीस खटको जात्रा भनिएको सांस्कृतिविद्को भनाई छ। तर, अहिले विभिन्न कारणले यस जात्रामा १९ खटको सहभागिता हुने गरेको छ । यो जात्रा प्रारम्भ गर्न सबै देवीदेवताको खट स्थानीय बालकुमारी मन्दिर परिसर आइसक्नु पर्दछ ।
![Biska Jatra celebrated in Madhyapur Thimi [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/biska-jatra-bhaktpur-208301-02-3-1542026102728-1000x0.png&w=1001&h=0)
![Biska Jatra celebrated in Madhyapur Thimi [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/biska-jatra-bhaktpur-208301-02-6-1542026102835-1000x0.jpg&w=1001&h=0)