हरेक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धनाथ स्तूपमा तेमाल जात्रा लाग्ने गर्छ । यो जात्रा तामाङ समुदायले मनाउने गर्दछन् ।
काठमाडौँ — बौद्धनाथ स्तूपमा बुधबार तेमाल जात्रा धुमधामसहित मनाइएको छ । हरेक वर्ष काठमाडौंको बौद्धनाथ स्तूप र स्वयम्भूनाथमा तेमाल जात्रा लाग्ने गर्छ । यो जात्रा तामाङ समुदायले मनाउने गर्दछन् ।
जात्राका अवसरमा बौद्धनाथ वरिपरि लामा गुरुले पूजापाठ गरेका थिए । वर्षभरि दिवंगत प्रियजन र पितृको सम्झनामा बत्ती बाल्दै पूजा गर्ने र फापरे गीत गाएर रमाउने यो पर्वमा काठमाडौं आसपासका जिल्लाबाट तामाङहरू ओइरिन्छन् । चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध र पूर्णिमाको दिन स्वयम्भूमा मनाइने यो जात्रामा युवायुवतीहरूचाहिँ चैत्य परिक्रमा गर्दै मन पराएका बीच ‘फापरे गीत’ मार्फत जुहारी खेल्छन् । गीतबाटै ठेगाना सोध्नेदेखि प्रेमप्रस्ताव राख्नेसम्म हुन्छ ।
![Temal Jatra in Buddhism [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/temal-jatra-9-0142026011351-1000x0.jpg&w=1001&h=0)
![Temal Jatra in Buddhism [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/temal-jatra-26-0142026011456-1000x0.jpg&w=1001&h=0)