कार्यकर्ताले सडकका डिभाइडर तोडफोड गर्दै अघि बढेका छन् भने प्रहरीले रोक्ने प्रयास गरिरहेको छ ।
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले सडक संघर्ष चर्काएको छ ।
प्रदर्शनमा उत्रिएका कार्यकर्ताकाका कारण यतिबेला बबरमहल क्षेत्र तनावग्रस्त भएको छ । उनीहरुले सडकका डिभाइडर तोडफोड गर्दै अघि बढेका छन् भने प्रहरीले रोक्ने प्रयास गरिरहेको छ । उनीहरुले डिभाइडर भेला पारेर जलाएका छन् । एमाले सचिवालय बैठकले सडक संघर्ष गर्ने निर्णय गरेसँगै २३ जनसंगठनहरू प्रदर्शनमा सामेल भएका हुन् ।
![UML's street struggle [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/66087997811928707227407249060779046293845204n-2832026104843-1000x0.jpg&w=1001&h=0)
![UML's street struggle [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/6566383279339741428195688200661972194874974n-2832026104858-1000x0.jpg&w=1001&h=0)