रथयात्रामा हजारौँको सहभागिता जुटेको छ । रथयात्राका लागि बिहीबार बेलुकी ५ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो ।
काठमाडौँ — प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु भएको छ ।रथयात्रामा हजारौँको सहभागिता जुटेको छ । रथयात्राका लागि बिहीबार बेलुकी ५ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । पहिलो दिन आज रथ असन पु¥याइने जनाइएको छ । रथ असन पु¥याएपछि अहिले बेलुकी पूजा, आराधना गर्ने भक्तजनको भीड लाग्ने जनाइएको छ ।सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनःरथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा रहेको छ । चैत्र शुक्ल अष्टमीका दिन आज कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथका पुजारी एवं काठमाडौँ महानगरपालिका–२५ का पूर्वअध्यक्षसमेत रही सकेका नीलकाजी शाक्यले जानकारी दिए ।
![White Matsyendranath's chariot procession begins in Kathmandu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/setomachhindranathjatra20260326b87a0847-2632026041105-1000x0.jpg&w=1001&h=0)