तस्बिरमा ईद उल फित्र

देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर शनिबार ईद उल फित्र पर्व मनाएका छन् ।

चैत्र ७, २०८२

दीपेन श्रेष्ठ

Eid ul Fitr in pictures

काठमाडौँ — इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रको अवसरमा मुस्लिम समुदायले काठमाडौंको घण्टाघरस्थित जामे मस्जिदमा सामूहिक नमाजमा सरिक भएर शनिबार हर्षोल्लाससहित यो पर्व मनाएका छन् ।

Eid ul Fitr in pictures

पर्वका अवसरमा देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज ईद उल फित्र पर्व मनाएका छन् ।आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ ।

Eid ul Fitr in pictures

यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईद उल फित्र भनिएको हो ।

Eid ul Fitr in pictures

यो पर्वको अर्को उल्लेखनीय पक्ष दीन दुःखी र गरीबलाई दान दिनु हो । यसैगरी घण्टाघरमै रहेको काश्मि मस्जिदलगायत देशभरका मस्जिद र ईदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको वचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको जानकारहरु बताउँछन् । यसरी दान गरिएको नगद वा जिन्सी दीन दुःखी एवम् गरीबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ ।

Eid ul Fitr in pictures

ईद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीन दुःखी र गरीबलाई नै दिइन्छ ।

Eid ul Fitr in pictures

यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाइ साथीभाइकहाँ गएर ईदको शुभकामना आदानप्रदान गर्छन् ।

Eid ul Fitr in pictures
Eid ul Fitr in pictures
Eid ul Fitr in pictures
Eid ul Fitr in pictures
Eid ul Fitr in pictures
Eid ul Fitr in pictures
Eid ul Fitr in pictures

दीपेन

Link copied successfully