सोमबारको हुरीबतासले पुर्‍याएको क्षति [तस्बिरहरु]

राति करिब ८ बजेदेखि सुरु भएको आँधीका कारण रुख ढल्दा अवरुद्ध बनेको कोशी राजमार्ग भने मंगलबार बिहान ८ बजेदेखि पुनः सञ्चालनमा आएको छ ।

चैत्र ३, २०८२

विनोद घिमिरे

Damage caused by Monday's storm [Photos]

धनकुटा — सोमबार राति आएको आँधीहुरीसहितको वर्षाले धनकुटाका विभिन्न स्थानमा भौतिक क्षति पुर्‍याएको छ । राति करिब ८ बजेदेखि सुरु भएको आँधीका कारण रुख ढल्दा अवरुद्ध बनेको कोशी राजमार्ग भने मंगलबार बिहान ८ बजेदेखि पुनः सञ्चालनमा आएको छ ।

Damage caused by Monday's storm [Photos]

आँधी हुरीका कारण जिल्लाभर सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार धनकुटा सदरमुकाममै करिब दुई दर्जन सरकारी भवनमा क्षति पुगेको छ ।

Damage caused by Monday's storm [Photos]

लोकसेवा आयोगको कार्यालय, जिल्ला आयुर्वेद अस्पताल, डिभिजन वन कार्यालय, धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय, कोशी प्रदेश सङ्ग्रहालय तथा धनकुटा बहुमुखी क्याम्पसको पासाङल्याम्बु हलस्थित पुस्तकालयको छाना उडेको छ ।

Damage caused by Monday's storm [Photos]

त्यस्तै, सशस्त्र प्रहरी बलको छिन्ताङ गुल्मको संरचनामा पनि क्षति पुगेको जनाइएको छ। धनकुटाको बालमन्दिर, हुलाकटोल, बीचबजार, सिरान बजार, हटिया र भिमनारायण चोकलगायत क्षेत्रमा ढुंगा–माटो र टिनका छाना भएका घरहरूमा व्यापक क्षति पुगेको छ । क्षतिको यकिन विवरण भने अझै संकलनको क्रममा रहेको छ ।

Damage caused by Monday's storm [Photos]

सदरमुकामस्थित सल्लेरी राष्ट्रिय वनमा करिब १०० वटा ठूला सल्लाका रुख भाँचिएर ढलेका छन्, जसका कारण भित्री सडकहरू अवरुद्ध बनेका छन् ।

Damage caused by Monday's storm [Photos]

जिल्ला प्रशासन कार्यालय धनकुटाले स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी खड्काले खोज तथा उद्धार कार्यलाई प्राथमिकतामा राखिएको र प्रारम्भिक तथ्यांक संकलनपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बोलाइने जानकारी दिएका छन् ।

Damage caused by Monday's storm [Photos]

यता, आँधीहुरीकै कारण सोमबार रातिदेखि नै जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाका अनुसार विभिन्न स्थानमा बिजुलीका पोल ढल्नुका साथै तार चुँडिएकाले तत्काल सेवा सुचारु हुन सक्ने अवस्था छैन ।

Damage caused by Monday's storm [Photos]

सिधुवा, जोरपाटी, हिले र सदरमुकामलगायत क्षेत्रमा ठूलो क्षति पुगेको जनाइएको छ । विद्युत प्राधिकरणका हेम थापाका अनुसार मुख्य स्थानमा ढलेका पोल हटाउन सके आज साँझसम्म केही क्षेत्रमा विद्युत सेवा आंशिक रूपमा सुचारु गर्न सकिने सम्भावना रहेको छ । विद्युत सेवा अवरुद्ध हुँदा इन्टरनेट सेवा पनि प्रभावित बनेको छ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully