बुधबार दिउँसो पनि काठमाडौं विश्वकै प्रदूषित सहरमा परेको छ ।
काठमाडौँ — काठमाडौं उपत्यकासहित देशभरको वायुमा केही दिनयता प्रदूषण कायमै छ । प्रदूषणका कारण आकाशसमेत धुम्मिएको छ । वायु प्रदूषण मापन गर्ने सूचकांक (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) ले काठमाडौंको वायु मानव स्वास्थ्यका लागि हानिकारक देखाएको हो । बुधबार दिउँसो पनि काठमाडौं विश्वकै प्रदूषित सहरमा परेको छ ।
वायुको गुणस्तर मापन गर्ने आईक्यू एयरका अनुसार वायुको त्यस्तो सूचकांकको तह काठमाडौंको वायुमा उच्च छ । बुधबार दिउँसो काठमाडौंको एक्यूआई १६६ मापन गरिएको छ । सामान्यतः शून्यदेखि ५० सम्मको एक्यूआईलाई सन्तोषजनक मानिन्छ । १५० भन्दा माथिलाई अस्वस्थ मानिन्छ । एक्यूआई १५० देखि २०० हुँदा संवेदनशील मानिसलाई असर गर्ने विज्ञहरू बताउँछन् । २०१ देखि ३०० एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिम बढाउँछ । ३०१ देखि ५०० सम्मले आपत्कालीन अवस्था जनाउँछ ।
![Kathmandu's air still unhealthy [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/ktm-pollution-9-1132026101342-1000x0.jpg&w=1001&h=0)