१८ सदस्यका लागि गत माघ ११ मा निर्वाचन भएको थियो ।
काठमाडौँ — राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले आज शपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराए ।
राष्ट्रिय सभाका रिक्त हुन लागेका १८ सदस्यका लागि गत माघ ११ मा निर्वाचन भएको थियो । कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा निर्वाचित भएका थिए । मधेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर, बागमतीबाट गीता देवकाटा र प्रेमप्रसाद दंगाल, गण्डकीबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनीबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका थिए ।
![Oath of office of a member of the National Assembly [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/646370820123515378875719973351126096817169n-0932026100647-1000x0.jpg&w=1001&h=0)
![Oath of office of a member of the National Assembly [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/65009687821696398405096058421077807847544196n-0932026100652-1000x0.jpg&w=1001&h=0)