ललितपुरको पुल्चोकमा रहेको दाउरा थकाली रेस्टुरेन्टमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।
काठमाडौँ — ललितपुरको पुल्चोकमा रहेको दाउरा थकाली रेस्टुरेन्टमा लागेको आगो नियन्त्रणमा लिइएको छ । खरको छानो भएको माथिल्लो तलाबाट आगो लागेको थियो । आगो निभाउनका लागि दमकलसहित सुरक्षाकर्मीहरु पुगेका थिए । सिलिन्डर पड्किएर आगलागी भएको ललितपुर नगर प्रहरीले जनाएको छ । आगलागीबाट छानोमा मात्र क्षति पुगेको प्रहरीले जनाएको छ ।
![Fire at Daura Thakali brought under control [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/daura-thakali-aaglagi-2-0332026120218-1000x0.jpg&w=1001&h=0)