चीर ठड्याएपछि मुलुकभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।
काठमाडौँ — वसन्तपुरको हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ मंगलबार तीनतले चीर ठड्याइएको छ । यहाँ चीर ठड्याएपछि मुलुकभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।
बिहान ७ बजेर १३ मिनेटको शुभ साइतमा रंगीचंगी कपडा झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको करिब ३२ फिट अग्लो बाँसको चीर ठड्याएका थिए । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एकापसमा अबिर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु गरेका थिए । त्यस अवसरमा गुरुजु पल्टनले बन्दुक पडकाई बढाईं गरेका थिए ।
![Holi festival begins, Chir set up in Basantapur [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/chir-14-2422026110211-1000x0.jpg&w=1001&h=0)
![Holi festival begins, Chir set up in Basantapur [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/chir-12-2422026110158-1000x0.jpg&w=1001&h=0)