८ लाख दर्शनार्थी र ४ हजार साधुसन्तको उपस्थिति रहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
काठमाडौँ — महाशिवरात्रिका दिन कम्तीमा आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ । करिब चार हजार साधुसन्तहरूको उपस्थिति रहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
'दर्शनार्थीको अत्यधिक घुइँचो व्यवस्थापन गर्न चार वटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाएका छौँ,' कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीले भने, 'सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको छ ।'

