मुम्बई — ट्वान्टी-२० विश्वकपमा आज नेपाल र इटाली मुम्बईको वानखेडे रंगशालामा खेलिरहेका छन् ।
इटालीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले इनिङ्सको सुरुआत गरे ।
खेलको रेफ्रीमा डोनाभान कोच र साम नागाज्स्की रहेका छन् । दुवै अस्ट्रेलियाका हुन् ।
६ ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाएर ४९ रन बनाएको छ ।