टी-२० क्रिकेट विश्वकपअन्तर्गत नेपाल-इंग्ल्यान्डबीच जारी खेल काठमाडौं महानगरपालिकाले विभिन्न सात स्थानमा ठूलो स्क्रिनमा प्रत्यक्ष प्रसारण गरेको छ ।
काठमाडौँ — टी-२० क्रिकेट विश्वकपअन्तर्गत नेपाल-इंग्ल्यान्डबीच जारी खेल काठमाडौं महानगरपालिकाले विभिन्न सात स्थानमा प्रत्यक्ष प्रसारण गरेको छ । महानगरपालिकाले टुँडिखेल, तीनकुने, नन्दीकेशर बगैंचा, सिफल चौर, जुद्ध शालिक अगाडि, मखन चोक, हाँडीगाउँ डबलीमा ठूलो स्क्रिनमा खेलको प्रत्यक्ष प्रसारण गरेको हो । ती स्थानमा नेपाली खेलप्रेमी ठूलो संख्यामा पुगेका छन् ।
![Nepal-England match to be broadcast live at 7 venues in Kathmandu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/sports/62777120823149964256632852400774260842144215n-0822026122650-1000x0.jpg&w=1001&h=0)