क्षमा पूजापछि काठमाडौं महानगरपालिकाको पहलमा पोखरी र आसपासको क्षेत्रका संरचना पुनर्निर्माणको काम थालिएको हो ।
काठमाडौँ — काठमाडौंको हाँडीगाउँस्थित प्रसिद्ध ऐतिहासिक सम्पदास्थल गहना पोखरीको धमाधम पुनर्निर्माण चलिरहेको छ ।
सम्पदा क्षेत्रको संरक्षण र सहरी विकास कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकाको पहलमा यहाँ पुनर्निर्माणको काम थालिएको हो । पुनर्निर्माण अघि क्षमापूजा गरिएको थियो । पोखरी पुनर्निर्माणका लागि करिब ५२ लाख खर्च हुने अनुमान गरिएको छ । पोखरीको गहिराई, किनार र छेउछाउका स्थललाई ऐतिहासिक झल्को दिने, अनावश्यक संरचना हटाउने, फुटपाथ बढाउने, फल्चा बनाउने, बालमैत्री क्षेत्र र हरियाली क्षेत्र बढाउनेसहित पर्यटक सहायता केन्द्र स्थापना गर्ने लगायतका कामसहित महानगरले पुनर्निर्माणको काम अघि बढाएको छ ।
![Reconstruction of the historic Jewel Pond [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/gahanapokhari20260201378-0222026023117-1000x0.jpg&w=1001&h=0)
![Reconstruction of the historic Jewel Pond [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/gahanapokhari20260202392-0222026023310-1000x0.jpg&w=1001&h=0)