माघको जाडोमा पानी परेपछि यहाँको मौसम झन् चिसिएको छ ।
काठमाडौँ — काठमाडौंमा बुधबार लामो समयपछि पानी परेको छ । माघको जाडोमा बिहानदेखि फाट्टफुट मात्रामा परेको पानी दिउँसोपख अलिबेर नै पर्यो । जाडोयाममा पानी परेपछि यहाँको मौसम झन् चिसिएको छ । पानी परेपछि कामकाजका शिलशिलामा सडकमा रहेका मानिसहरु हतारिँदै गन्तव्यतिर हतारिएको, मानिसहरु छातामा ओतिएको, कोही आगो ताप्त दाउराको जोहो गर्दै गरेका लगायतका दृश्यहरु भेटिए ।
![Kathmandu gets cold after rain [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/kathmanduweather20260128299-2812026013715-1000x0.jpg&w=1001&h=0)