अक्षर कोर्दै कलिला हात [तस्बिरहरू]

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ ।

माघ ९, २०८२

दीपेन श्रेष्ठ

Young hands drawing letters [Photos]

काठमाडौँ — विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज आज देशभर वसन्तपञ्चमी मनाइँदै छ ।

Young hands drawing letters [Photos]

यस दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भिड लाग्छ ।

Young hands drawing letters [Photos]

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । यस दिन बालबालिकालाई शिक्षा आरम्भका साथै नाक, कान छेडिदिने गरिन्छ ।

Young hands drawing letters [Photos]

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

Young hands drawing letters [Photos]
Young hands drawing letters [Photos]
Young hands drawing letters [Photos]

दीपेन

Link copied successfully