सोनाम ल्होसारको रौनक [तस्बिरहरु]

सोनाम ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङलगायत विभिन्न संघसंस्थाले सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन गरियो ।

माघ ५, २०८२

सुर्याम्स उप्रेती

The splendor of Sonam Lhosar [Photos]

काठमाडौँ — तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाएका छन् ।

The splendor of Sonam Lhosar [Photos]

यस अवसरमा आइतबारदेखि नै काठमाडौंको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको थियो । महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिएको छ । सोनाम ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङलगायत विभिन्न संघसंस्थाले सोमबार टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन गरियो । उक्त अवसरमा प्रधानमन्त्री सुशीला कार्कीसमेत पुगेकी थिइन् ।

The splendor of Sonam Lhosar [Photos]

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

The splendor of Sonam Lhosar [Photos]

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताए । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

The splendor of Sonam Lhosar [Photos]

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ । यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । यसैगरी काठमाडौंको स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाएको छ ।

The splendor of Sonam Lhosar [Photos]

करिब चार हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ । नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्दछन् ।

The splendor of Sonam Lhosar [Photos]
The splendor of Sonam Lhosar [Photos]
The splendor of Sonam Lhosar [Photos]
The splendor of Sonam Lhosar [Photos]
The splendor of Sonam Lhosar [Photos]
The splendor of Sonam Lhosar [Photos]
The splendor of Sonam Lhosar [Photos]
The splendor of Sonam Lhosar [Photos]
The splendor of Sonam Lhosar [Photos]
The splendor of Sonam Lhosar [Photos]
The splendor of Sonam Lhosar [Photos]
The splendor of Sonam Lhosar [Photos]
The splendor of Sonam Lhosar [Photos]
The splendor of Sonam Lhosar [Photos]
The splendor of Sonam Lhosar [Photos]
The splendor of Sonam Lhosar [Photos]
The splendor of Sonam Lhosar [Photos]

सुर्याम्स

Link copied successfully