मगरहरूले साउने सक्रान्तिलाई हिउँद र माघेसङ्क्रान्तिलाई बर्खा सुरू भएको दिनका रूपमा लिने गर्छन् ।
काठमाडौँ — मगर समुदायले पनि आज माघे संक्रान्ति मनाएको छ । राजधानीको टुँडिखेलमा उनीहरुले धुमधामका साथ यो पर्व मनाए ।
मगरहरूले साउने सक्रान्तिलाई हिउँद र माघेसङ्क्रान्तिलाई बर्खा सुरू भएको दिनका रूपमा लिने गर्छन् । यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउनेसङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुर्खौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको छ ।
![Cultural festival of the Magar community [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/615838364255641473065725805268311500766066058n-1512026111844-1000x0.jpg&w=1001&h=0)
![Cultural festival of the Magar community [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/61231336514361798878532692740227199654726916n-1512026111851-1000x0.jpg&w=1001&h=0)