बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका अधिकांश शीर्ष नेता सहभागी छन् ।
काठमाडौँ — कांग्रेस महाधिवेशनसम्बन्धी विवाद चुलिएपछि पार्टी कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका अधिकांश शीर्ष नेता सहभागी छन् । क्रियाशील सदस्यता टुंग्याउने र नियमित महाधिवेशन गर्ने विषय नै बैठकको एजेन्डा हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।
पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले २७–२९ पुसमा विशेष महाधिवेशन बोलाउने तयारी गरेपछि पार्टीभित्र गुटगत विवाद चुलिएको छ । महामन्त्रीद्वयकै दबाबमा पार्टीले २६–२९ पुसमा नियमित महाधिवेशनको कार्यतालिका ल्याएको थियो । तर, देशैभरको क्रियाशील सदस्यताको विषय नै टुंगिन नसक्दा नियमित महाधिवेशन नहुने भएको छ ।
![Call for special convention creates stir in Congress [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/congress-3-0212026120046-1000x0.jpg&w=1001&h=0)
![Call for special convention creates stir in Congress [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/umesh-shrestha-0212026120130-1000x0.jpg&w=1001&h=0)