यस पर्वलाई पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्ने प्रतीकका रूपमा मनाइन्छ ।
काठमाडौँ — गुरुङ समुदायको ठूलो पर्व तमु ल्होसार देशभर हर्षोल्लासका साथ मनाइएको छ । विशेष गरी काठमाडौंको टुँडिखेलमा हजारौं गुरुङ समुदायका व्यक्तिहरू परम्परागत भेषभूषामा सजिएर जम्मा भई सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी नयाँ वर्षको स्वागत गरेका छन् ।
तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिन्छ । यस पर्वलाई पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्ने प्रतीकका रूपमा मनाइन्छ । यस वर्ष गुरुङ समुदायले सर्प वर्गलाई बिदाइ गरी घोडा वर्गको स्वागत गरेका छन् । यो पर्व सूर्यको किरणसँग पनि जोडिएको छ । गुरुङ बाहुल्य जिल्लाहरू लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने परम्परा रहेको विश्वास गरिन्छ ।
![Tamu Lhosar Ashimala [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tamulosar20251230706-30122025103535-1000x0.jpg&w=1001&h=0)
![Tamu Lhosar Ashimala [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tamulosar20251230723-30122025103656-1000x0.jpg&w=1001&h=0)