शनिबारे मेलाका अवसरमा परम्परागत नेवारी परिकारहरुका स्टलहरु राख्ने गरिएको छ । जसमा स्थानीयदेखि बाह्नय पर्यटकहरुको उल्लेख्य उपस्थिति रहँदै आएको छ ।
काठमाडौँ — काठमाडौंको हाँडीगाउँमा शनिबारे मेला शनिबारदेखि पुन: सुरु गरिएको छ । जेन–जी आन्दोलनपछि सुरक्षाका कारण सडकमा यहाँ शनिबारे मेला रोकिएको थियो । लिच्छविकालीन ऐतिहासिक यस बस्तीका गल्लीमा शनिबारे मेलाका अवसरमा परम्परागत नेवारी परिकारहरुका स्टलहरु राख्ने गरिएको छ । जसमा स्थानीयदेखि बाह्नय पर्यटकहरुको उल्लेख उपस्थिति रहँदै आएको छ । आजदेखि हाँडीगाउँमा 'कार–फ्री सेटर्डे' पुन: सुरु हुने भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिजो मात्रै फेसबुकमा भिडियो सेयर गरेका थिए । मेलाका दिन यहाँ यातायात आवागमन बन्द गरी आगन्तुकलाई पैदलयात्रा मात्र गराइ मेला भ्रमण गराइँदै आइएको छ ।
![Saturday's fair resumes in Handigaun [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/handigaunjatra20251227618-27122025125359-1000x0.jpg&w=1001&h=0)