त्रिविबाट १६ हजारभन्दा बढी विद्यार्थी दीक्षित [तस्बिरहरू]

दशरथ रंगशालामा जारी समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि छन् ।

पुस १०, २०८२

दीपेन श्रेष्ठ

More than 16,000 students graduate from Tribhuvan University [Photos]

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले स्नातकदेखि विद्यावारिधि उपाधि प्राप्त गरेका ८९ हजार १ सय ९१ जना विद्यार्थीलाई दीक्षित गरेको छ । दशरथ रंगशालामा हुने ५१औं ५१औं दीक्षान्त समारोहमा सहभागी हुन भने १६ हजार ३ सय ८० जना विद्यार्थीले आवेदन दिएका छन् ।*

More than 16,000 students graduate from Tribhuvan University [Photos]

समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्कीलगायत शैक्षिक जगत्का अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा गरिन् । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन् ।  

More than 16,000 students graduate from Tribhuvan University [Photos]

दशरथ रङ्शालामा जारी समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि छन् । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत प्राज्ञको पनि उपस्थिति छ ।

More than 16,000 students graduate from Tribhuvan University [Photos]

विश्वविद्यालयका उपकुलपति प्रा दीपक अर्यालले विश्वविद्यालय क्रमिक रूपमा सुधारको बाटोमा अग्रसर भएको बताउँदै दीक्षित विद्यार्थीलाई बधाई दिए ।

More than 16,000 students graduate from Tribhuvan University [Photos]
More than 16,000 students graduate from Tribhuvan University [Photos]
More than 16,000 students graduate from Tribhuvan University [Photos]
More than 16,000 students graduate from Tribhuvan University [Photos]
More than 16,000 students graduate from Tribhuvan University [Photos]
More than 16,000 students graduate from Tribhuvan University [Photos]
More than 16,000 students graduate from Tribhuvan University [Photos]
More than 16,000 students graduate from Tribhuvan University [Photos]

* अपडेट गरिएको ।

दीपेन

Link copied successfully