काठमाडौँ — क्रिश्चियन समुदायले बिहीबार क्रिसमस डे मनाउँदैछन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार यस समुदायका मानिसले क्रिसमस डे मनाउन लागेका हुन् ।
क्रिसमस इभको अवसरमा बुधबार ललितपुरको लाबिम मल, काठमाडौंका विभिन्न मलसहित देशभरका सपिङ मल/व्यापारिक कम्प्लेक्सहरुमा चहलपहल थियो । सहरहरुका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाइएका छन् ।
विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ ।