आ-आफ्ना पक्षका नेताहरूलाई भोट माग्नेको प्रदर्शनीमार्गमा लर्को लागेको छ ।
काठमाडौँ — एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान हुन केही समय बाँकी रहँदा प्रचार-प्रसार तीव्र पारिएको छ । आ-आफ्ना पक्षका नेताहरूलाई भोट माग्नेको प्रदर्शनीमार्गमा लर्को लागेको छ ।
एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलका अनुसार केन्द्रीय कमिटीको ३०१ पदका लागि ६०३ उम्मेदवारी परेको छ । पदाधिकारीतर्फ अध्यक्ष (१) मा २, उपाध्यक्ष (५) मा ११, महासचिव (१) मा २, उपमहासचिव (३) मा ७, सचिव (९) मा २० जनाले उम्मेदवारी दिएका छन् । पदाधिकारीमा उम्मेदवारी दर्ता गरेका नेताहरूले केन्द्रीय सदस्यमा पनि मनोनयन गराएका छन् ।
![UML General Convention: The excitement of election campaigning [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/uml-chunab-prachar-9-16122025071851-1000x0.jpg&w=1001&h=0)
![UML General Convention: The excitement of election campaigning [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/jyoti-magar-uml-16122025073502-1000x0.jpg&w=1001&h=0)