त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धातिर २० ओभरमा ६ विकेट गुमाई १ सय ४७ रन बनाएको थियो । विराटनगरले यो लक्ष्य १३.४ ओभरमा पुरा गरिसक्नु पर्ने थियो । विराटनगरले ११.५ ओभरमै पूरा गर्यो ।
काठमाडौँ — साम हेजलेट र फाफ डु प्लेसिसले ७ ओभरमै ९७ रन जोडेपछि विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सललाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर १ मा पुगेको छ ।
![Biratnagar's stunning victory over Sudurpaschim [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/brtvssudur-20-06122025101740-1000x0.jpg&w=1001&h=0)