य:मरी उत्सव [तस्बिरहरू]

धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन लामो समयदेखि जारी छ ।

मंसिर १८, २०८२

दीपेन श्रेष्ठ

Ya:Mari Festival [Photos]

काठमाडौँ — मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदै छन् ।

Ya:Mari Festival [Photos]

यो उत्सवका अवसरमा हाँडीगाउँबाट टंगाल गणेश, नक्साल भगवती मन्दिर, प्यगं:था, नाग पोखरी, नारायण हिटी, केशरमहल, ठँबही त्रिदेवी चोक, ज्याठा, त्य:र, असं, बालकुमारी, केलत्वा:, वंघ:, मरुत्वा, कालभैरव, हनुमान ध्वाका हुँदै वसन्तपुरमा र्‍याली आयोजना गरिएको छ ।

Ya:Mari Festival [Photos]

‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो । धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन लामो समयदेखि जारी छ । आजको दिन धान, गणेश, कूलदेवता, गैडुदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

Ya:Mari Festival [Photos]

यःमरी पुन्हिका दिन गृहणीहरु शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ ।

Ya:Mari Festival [Photos]
Ya:Mari Festival [Photos]
Ya:Mari Festival [Photos]
Ya:Mari Festival [Photos]
Ya:Mari Festival [Photos]

दीपेन श्रेष्ठ

Link copied successfully