एनपीएलमा सुदूरपश्चिमको सान [तस्बिरहरू]

सुदूरपश्चिमले बिहीबार चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै शतप्रतिशत विजय यात्रालाई कायमै राख्यो ।

मंसिर १८, २०८२

हेमन्त श्रेष्ठ

काठमाडौँ — सुदूरपश्चिम रोयल्स लगातार दोस्रो वर्ष नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर-१ मा प्रवेश गरेको छ । सुदूरपश्चिमले बिहीबारको दोस्रो खेलमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै शतप्रतिशत विजय यात्रालाई कायमै राख्यो ।

सुदूरपश्चिमले पहिलो ६ खेल नै जितेर फाइनलनजिक पुगेको हो । सुदूरपश्चिमको यस विजयले विराटनगर किंग्स पनि प्लेअफमा सुरक्षित भएको छ । सुदूरपश्चिमको १२, काठमान्डु गोर्खाजको १० र विराटनगरको ८ अंक छ । काठमान्डु र विराटनगर पहिलो पटक प्ले अफ पुगेका हुन् ।

काठमान्डु र विराटनगरमध्ये एकले फाइनलमा प्रवेश पाउन सुदूरपश्चिमसँग क्वालिफायर-१ मा खेल्ने छ । विराटनगरले शनिबार हुने खेलमा सुदूरपश्चिमलाई ठूलो अन्तरले पराजित गरेमात्र काठमान्डुलाई नेट रन रेटमा उछिन्ने सम्भावना रहन्छ ।

हेमन्त श्रेष्ठ

Link copied successfully